Songtexte.com Drucklogo

Timi Fool Songtext
von Balen

Timi Fool Songtext

तिमि फुल माग्छौ, म पात नि दिन सक्दिन
धनि मन को गरिब शरीर, महल मा बस्दैन
किनबेच गर्नु, मेरो चियाको कप हैन
दाउपेच लड्नु, अस्तित्व बेच्नु हक छैन
राक्षस बाहेक ले तिमिलाइ रच्नु पनि सक्दैन
सौगात स्वरुप, यो त उनले मलाइ दिएको
मुटु कुरुप, बिल्ला मा हास्न तिमिले लिएको
छैन मैले पिएको, साचो कुरा गर्दैछु
मुख तिमिले सिएको, फुकाउन जंग लड्दैछु
म त दङ्ग पर्दैछु, धन्न छुटकारा भो
जुन अब टाढा भो, औशी आको नि हैन यो
जिन्दगी यो सादा भो, रंग लाको नि छैन यो
सफा मेरो ऐना भो, खुसी जीवन को बैना भो
नामसारी हुनेछ नहासेको नि महिना भो
दामनारी रुनेछ नराखेको नि फाइदा भो
तस्करी को माया प्रेम, shame shame, puppy shame
नक्कली को नया game, भित्ताको फोटो frame
भित्र त्यो मेरो Name पार्थी कि क्या हो!
आकाश मा उडाइ तल झार्थी कि क्या हो!
प्रकाश नपाउदै मलाइ मार्थी कि क्या हो!

गित को यो part मा chorus बज्नुपर्थ्यो तर मैले लेखिन
तिमी यति नालायक छौ, तिम्रो लायक मैले शब्द नै भेटिन
(Fuck the world)
गित को यो part मा chorus बज्नुपर्थ्यो तर मैले लेखिन
तिम्रो बर्णन गर्न त मन थियो तर लायक केही देखिन
(Fuck the world)


दैव को अंग सजाउन ढंग नभाको
सबै तिमिसंग रमाउन लाई हो आको
खै त कुरा बुझेको, मै पो हो कि बौलाको
जवानी को पानीमा रुझेको हो कि सेलाको?
शरीर किन खेलाको, अबिर दल्ने बेला भो
फेला परेको थियौ, तिमी वासना को मेलामा
ढिला भाको नि छैन, समय आउदैछ अबेलाको
नपेल हौ, सोझा-साझा पुरुष हरुलाइ
नखेल हौ, उकुसमुकुस हुन्छ दाजुभाइ
खेलौना आज लाइ, तिमिलाइ मेरो कविता
बिलौना साझ लाई, आँसु रुवाइ मेरो पबित्र
कवि जस्तो छवि छ, घामको हैन रवि म
वाहियात तिम्रो रमिता, बन्दिन तिम्रो hobby म
भन्दिन मनको कुरा तिमी जस्तो महँगो परी लाई
गाउँदिन Korean गित, T-shirt फुकाली झरी मै
त्यस्तो मलाइ आउन्न, इख ले नै दिन्न त्यो
Blouse लुगा लाउन्न, teddy bear भन्दा भिन्न हो
च्याप्प समाउन, सिरानी बनाउन
२४ घण्टा तिमिले भोग गर्न लाइ
फर्फराउदो झण्डा, शोख भर्न लाइ

गित को यो part मा chorus बज्नुपर्थ्यो, तर मैले लेखिन
तिमी यति नालायक छौ, तिम्रो लायक मैले शब्द नै भेटिन
(Fuck the world)
गित को यो part मा chorus बज्नुपर्थ्यो, तर मैले लेखिन
तिम्रो बर्णन गर्न त मन थियो, तर लायक केही देखिन

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
In welcher Jury sitzt Dieter Bohlen?

Fans

»Timi Fool« gefällt bisher niemandem.