Songtexte.com Drucklogo

Tathya Songtext
von Balen

Tathya Songtext

बालेन मेरो नाम कापी कलमले लड्छु म
हतियारको काम साहित्यले नै गर्छु म
हाम्रो देशको शान घटेर अचम्म पर्छु म
आम नेपाली भावनाको प्रतिनीधित्व गर्छु म

ल सुन कुरा गर्दैछु मैले बुझेका कुरा
स-प्रसंग ब्याख्या गर्दैछु आज चाहिँ अघी बढ्दैछु
हिजोसम्म म स्थिर थिए T.V. media को तमासा मा
झुठा कुरा सुनिरहेँ नेताहरुका समाचार का
समाचार र खबरको किनमेल हुदोँ रहेछ
हिजो अस्तीका अपराधी अझैँ जिउदो रहेछन राजनितीज्ञको भेषमा
न्याय खोजेँ media बोलाऊँ, अल्झिनेछौ police case मा
हामी सबै त बेकुफ, मुर्ख लेख्याछ रे press मा
Channel ले उल्लू बनाउँदैछ के भाको हो देशमा
हिँसा, रगतमा रमाउदैछ भावुक बनाई हामिलाई
आसुँ बेचेर कमाउदै छ, अदालत नी यिनकै रैछ, police त खल्तीमा रे
पैसा ख्वाउँन सक्छौँ? तिमी पनी भर्तीमा रे
की सक्छौँ भने किन नभए बिक्नु पर्नेछ
एक पाईला तिमी हिड्न दौडिन सिक्नु पर्नेछ

दिमागले मात्रै सोच, मुटु चाहिँ झिक्नु पर्नेछ


बालेन मेरो नाम कापी कलमले लड्छु म
हतियारको काम साहित्यले नै गर्छु म

हाम्रो देशको शान घटेर अचम्म पर्छु म
आम नेपाली भावनाको प्रतिनीधित्व गर्छु म

BICC को नाटक, घरमा रमिता चाहिँ फस्टाको छ
आफ्नो स्थिती दह्रो पारी देशको जग चाहिँ खस्काको छ
लुगा फुकालि दौडाऊनु, ज्यान लिनुपर्ने यस्ताको त
लाखौँ हेर रुदैछन, यि कान थुनेर मस्त पो छन
शहिदको ज्यान त सस्तो नै छ जती खोजे पाकै छन
चुसेर पैसा खाकै छन, हास्दै दुई चार peg लाकै छन
सधैँ गाली खाएर vote माग्दा मन्त्री भाकै छन
खै कैले पलाउने बुद्धी हाम्रो, मुर्ख नै त हैनौँ?
के नेताहरुलाई कुर्सी प्यारो यति कुरा बुझ्दैनौँ?
के अझैँ कती दिन भेडा बाख्रा जस्तै यिनको साथ दिने?
आफ्नै पेट सधैँ काटेर कती दिन यिनलाई भात दिने?
थोपा पानीको लायक छैनन बरु अब लात दिने
बेलाँ आएको छ हेर खाल्डो खनेर खाद्दिने

ती निर्दयीको सोच हरुलाई, जुक्तिलाई मात दिने
सुतिराखे आखाँ खोली यि नेत्र प्रयोग गर्नेछन
जागृती ल्याउ आफुमा अनी बल्ल यिनी हार्नेछन


बालेन मेरो नाम कापी कलमले लड्छु म
हतियारको काम साहित्यले नै गर्छु म
हाम्रो देशको शान घटेर अचम्म पर्छु म
आम नेपाली भावनाको प्रतिनीधित्व गर्छु म

गौतम बुद्ध गुरुबा फेरी देशमा आइदेउ
फ्याली सबैको मुर्खता, निद्राबाट बिउझाई देउ
ज्ञानुपयोग सिकाइदेऊ तिमीले नै सक्छौँ होला
शान्ती अनी ल्याइदेऊ सबैको मनमा बस्छौँ होला
मस्तिष्कमा छाइदेऊ मरी लानु के छ र
अर्जेको सम्पत्ती, देह हुनेछ बेसहारा
शक्ती पो हुन्छ की, लागी तिम्रो रुन्छ की?
कोही रुनेछैन, उत्सव मनाउने छन
पापीहरुको अन्त्य हुदाँ खुशीमा रमाउने छन
हर्ष गीत गाउने छन, कथा चाहिँ सुनाउने छन
सत्यको बाटो हिड्नु है, त्यत्तिकै केही नपत्याउनु

तथ्य सधै खोज्नु है, बिद्या पुरानो नलत्याउनु
ज्ञान सामु झुक्न चाहिँ ठुलो बन्नु पर्दैन
धर्ती र माटो चुम्न नपाई यत्तिकै कोही मर्दैन
सोचको कद बढन नपाई मान्छे अघी बढ्दैन
बोझ काधको झार्न नपाई आकाश तिर सर्दैन

बालेन मेरो नाम कापी कलमले लड्छु म
हतियारको काम साहित्यले नै गर्छु म
हाम्रो देशको शान घटेर अचम्म पर्छु म
आम नेपाली भावनाको प्रतिनीधित्व गर्छु म
बालेन मेरो नाम कापी कलमले लड्छु म
हतियारको काम साहित्यले नै गर्छु म
हाम्रो देशको शान घटेर अचम्म पर्छु म
आम नेपाली भावनाको प्रतिनीधित्व गर्छु म

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
Welcher Song kommt von Passenger?

Fans

»Tathya« gefällt bisher niemandem.