Songtexte.com Drucklogo

Man Yo Udyo Songtext
von Balen

Man Yo Udyo Songtext

मन यो उड्यो आकाशमा
उडें, उडें, उडें म
पुग्ने कहाँ हो थाहा छैन
झरें, झरें, झरें म
चाहिंन्न कोही साथमा एक्लो रमाई
डुबें यो तिम्रो बादलमा
लडें, लडें, लडें म
ओ ह ओ ह
लडें, लडें, लडें म
ओ ह ओ ह


कामकाज थन्कियो मलाई केही बाल छैन
भोलि गरम्ला आजलाई गर्ने सवाल छैन
उज्यालो यो दिन अनि रमाइलो बबाल रैछ
दुई पेग लगाउँछु अनि मलाई छुने काल छैन
छोडिदिएँ मैले सबैको tension लिनलाई
दुई दिन त बाँकी छ happy जीवन जिउँनलाई
अब केही सोच्दिनँ बरु बजाउँछु गीत
मीठो चुम्ने छु उचाई, भोलि चाहिंदैन जीत
छिटो निराश हुनलाई बाहना छन् हजार
दुई पैसाको खुशी किन्न चाहनाको बजार
जान पर्दैन भेटिन्छ सानो कुरामा
ज्ञान यतै छ, पढ्नु पर्दैन पुराण
हाँस्ने, गाउँने, नाँच्ने, झूठो माया के साँच्ने
आफ्नो जिन्दगी आफ्नै, अरुसँग के दाँज्ने
कमीकमजोरी धेरै छन्, किन बस्नु र लाजले
सधैं सही सर्वश्रेष्ठ स्वयम् कै साथले

मन यो उड्यो आकाशमा
उडें, उडें, उडें म
पुग्ने कहाँ हो थाहा छैन
झरें, झरें, झरें म
चाहिंन्न कोही साथमा एक्लो रमाई
डुबें यो तिम्रो बादलमा
लडें, लडें, लडें म
ओ ह ओ ह
लडें, लडें, लडें म
ओ ह ओ ह


त ठीक छ याद आउँछ मायाँको घरि त
ठीक छ घडी चले झैं सताउँछे उनी परी त
पड्किन्छ यो मन तर आजचाहिं पवित्र
कोही राख्दिनँ म भित्र सबैको बाल सही छ
तोडिदिएँ मैले, मलाई बाँध्ने डोरीलाई
खोलिदिएँ पखेंटा, लखेट जोडीलाई
म केटा एक्लै अब चपेटामा पर्दिनँ है
जिन्दगी नै निकै छोटो खोटो गरी पड्किनलाई
प्रकृतिको प्रेम अनि भावनाको मायाँ
भन्दा पनि मीठो आज यो बरपीपलको छायाँ
आगो झैं तातो मनलाई भार शितल र नयाँ
धूलो धुवाँको जिन्दगी बरु
बहुलाउँछु म यहाँ शितल हावामा पागल भई उड्न पाए हुँदो हो
कपासे चुस्स बादललाई छुने चाहिं कुरो भो
धर्ती मेरो यो आँगनमा हुर्किने गुच्चा लुँडोको
फूलबारी सरी बगानभरि फैलिएको ओछ्यान दुबोको

मन यो उड्यो आकाशमा
उडें, उडें, उडें म
पुग्ने कहाँ हो थाहा छैन
झरें, झरें, झरें म
चाहिंन्न कोही साथमा एक्लो रमाई
डुबें यो तिम्रो बादलमा
लडें, लडें, लडें म
ओ ह ओ ह
लडें, लडें, लडें म
ओ ह ओ ह

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
Whitney Houston sang „I Will Always Love ...“?

Fans

»Man Yo Udyo« gefällt bisher niemandem.