Songtexte.com Drucklogo

Chinta Songtext
von Tribal Rain

Chinta Songtext

थियो त्यो माया सधैँ सोच्थेँ मैले कुनै दिन नशामा
तर त्यस्तै थियो मेरो यो संसार
कसैले पनि मलाई बुझ्न चाहेन

तर तिमीलाई नै सोच्थेँ मेरो मनमा
कहिल्यै व्यक्त गर्न सकेन
समय छ अझै पनि
तर कहाँ हुन्छ र त्यो आँट बोलाउँदा

हुनु त केही थिएन, भन्नको लागि
थियो एउटा स्यानो डर यो मनमा तिमीप्रति
चाहना मेरो यो थियो कि मेरो सारा जीवन तिमीसँग बिताउन
तर कस्तो भाग्य मेरो, छुट्यो साथ!


सपनामा यहाँ जिउनु खोज्दा
बिपनामा यहाँ मर्नुपर्दा
खै, यस्तै रैछ मेरो भाग्यमा
छ यो गीत, यही नै हो सहारा
पाए त अँगाल्नेथेँ तिम्रो त्यो माया
एक्लै भए पनि छ तिम्रो चिन्ता
तिम्रो चिन्ता

थियो त्यो माया सधैँ सोच्थेँ मैले कुनै दिन नशामा
तर त्यस्तै थियो मेरो यो संसार
कसैले पनि मलाई बुझ्न चाहेन

तर तिमीले दिएको हर कसम मो आफैमा खोजिरहेँ आजसम्म
तर तिमीले दिएको हर कसम मो आफैमा खोजिरहेँ आजसम्म

हुनु त केही थिएन, भन्नको लागि
थियो एउटा स्यानो डर यो मनमा तिमीप्रति
चाहना मेरो यो थियो कि मेरो सारा जीवन तिमीसँग बिताउन
तर कस्तो भाग्य मेरो, छुट्यो साथ!

सपनामा यहाँ जिउनु खोज्दा
बिपनामा यहाँ मर्नुपर्दा
खै, यस्तै रैछ मेरो भाग्यमा
छ यो गीत, यही नै हो सहारा
पाए त अँगाल्नेथेँ तिम्रो त्यो माया
एक्लै भए पनि छ तिम्रो चिन्ता
तिम्रो चिन्ता

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
Cro nimmt es meistens ...?

Fans

»Chinta« gefällt bisher niemandem.