Songtexte.com Drucklogo

Mero Desh Songtext
von Nepathya

Mero Desh Songtext

एउटा देउराली थियो
पसिनाको पाती चढाउने
एउटा चौतारी थियो
थाकेको मन बिसाउने
एउटा सानो बस्ती थियो
सुख-दु:ख बाँड्दै मिलेर बस्ने
अचेल उनीहरु मरेको न बाँचेको
आँखाले हेरिरहेछन्
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश


एउटा सानो आकाश थियो
आफ्ना जुनताराहरु सजाउने
अलिकति बतास थियो
जीवन भएर छातीहरुमा रहने
एउटा सानो फूल थियो
दु:खका बेला पनि हाँस्न सिकाउने
अचेल उनीहरु तुहुराका आँखाले
हेरिरहेछन्

मेरो देश, मेरो देश, मेरो देश, मेरो देश
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश
मेरो देश, मेरो देश, मेरो देश, मेरो देश

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von Nepathya

Quiz
Cro nimmt es meistens ...?

Fans

»Mero Desh« gefällt bisher niemandem.