Songtexte.com Drucklogo

Timro Jasto Mutu Songtext
von Narayan Gopal

Timro Jasto Mutu Songtext

तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि


तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्रान एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि

देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिम्रो जस्तो मुटु मेरो पनि

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von Narayan Gopal

Quiz
„Grenade“ ist von welchem Künstler?

Fans

»Timro Jasto Mutu« gefällt bisher niemandem.