Songtexte.com Drucklogo

Timro Muskan Songtext
von Ekdev Limbu

Timro Muskan Songtext

तिम्रो मुस्कान मेरो स्वर्ग हो, तिम्रो अँगालो मेरो घर हो
तिम्रो हाँसो मेरो धुन हो, तिम्रा आँखा मेरो आशा हो

तिमी सबैभन्दा धेरै खास लाग्छौ मलाई अरू कोहीभन्दा
चाहन्छु म तिम्रै हाँसोखुसी बास तिम्रो जहाँ भए पनि

साँझमा नि, बिहानी नि तिम्रै सम्झना आउँछ
सपनीमा नि, बिपनीमा नि तिम्रै झझल्को छाउँछ
साँझमा नि, बिहानी नि तिम्रै सम्झना आउँछ
सपनीमा नि, बिपनीमा नि तिम्रै झझल्को छाउँछ नि


एकछिन पनि सकिँदैन नि बस्न चुपचाप तिमीबिना
तिम्रै लागि समर्पित छ नि मेरो शब्द, मेरो भाका

अर्थविहीन भइजान्छन् ओइलिएको फूलहरूझैँ
मग्न भइजान्छु म त तिम्रै हाँसो, ओठ, हेराइमै

साँझमा नि, बिहानी नि तिम्रै सम्झना आउँछ
सपनीमा नि, बिपनीमा नि तिम्रै झझल्को छाउँछ
साँझमा नि, बिहानी नि तिम्रै सम्झना आउँछ
सपनीमा नि, बिपनीमा नि तिम्रै झझल्को छाउँछ नि


तिम्रो मुस्कान देखेर मग्न भएँ म, बेहोशै हुन्छु कि क्या हो
उपस्थितिमा तिम्रो उजाड जीवन यो रङ्गले भरिदियो
तिम्रो मुस्कान देखेर मग्न भएँ म, बेहोशै हुन्छु कि क्या हो
उपस्थितिमा तिम्रो उजाड जीवन यो रङ्गले भरिदियो

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Fans

»Timro Muskan« gefällt bisher niemandem.