Songtexte.com Drucklogo

Jhim Jhimaune Aankha Songtext
von Ekdev Limbu

Jhim Jhimaune Aankha Songtext

झिमझिमाउने आँखा, गाउँदै छु म भाका
सुनिदेऊ, सुनिदेऊ, सुनिदेऊ न
झिमझिमाउने आँखा, गाउँदै छु म भाका
सुनिदेऊ, सुनिदेऊ, सुनिदेऊ न

झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (भएँ म, भएँ म)


मृगनयानीले मनमा मोहनी लायो, mm
रातको निदरी, दिनमा होसै उडायो, mm
परेलीमा लुकाएर राखिदिउँला (राखिदिउँला)
सपनीमा आई तिमी साथ दिनू (साथ दिनू)
जूनतारा तिम्रो लागि सजाइदिउँला (सजाइदिउँला)
जुनकिरी बनी तिमी नाचिदिनू

झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म

भमराझैँ म भुनभुनाउँछु, तिमी फूल बनी रमाउनू
तिम्रै वरिपरि म सधैँ डुलिरहन पाऊँ (आँखाले, आँखाले म)
१, २, ३ भनी दिन गन्दै सोचिरहन्छु म त दिनभरि
सताएको मनलाई सम्झाइरहन्छु
१, २, ३ भनी दिन गन्दै सोचिरहन्छु म त दिनभरि
सताएको मनलाई सम्झाइरहन्छु


झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Quiz
Wer ist kein deutscher Rapper?

Fans

»Jhim Jhimaune Aankha« gefällt bisher niemandem.