Songtexte.com Drucklogo

Sagar Songtext
von Albatross

Sagar Songtext

सागर यो निलोमा हराउने गर्छौ
परेछ बीचमा, जुक्ती उम्कने कुनै सोच
धकाल यो धर्ती, आकाश आँखाले भ्याएसम्म
अझै तान्दै लग्यो अनन्तको गहिराइमा

ऊ फकाउन खोज्छ, तिमी सुम्पिँदै जाऊ
कलिलो यो मन त्यसरी नदुखाऊ

ऊ माग्दै जान्छ, तिमी पुर्याउँदै जाऊ
होश हराए घुमीफिरी नआऊ


फसाउन जालै बुन्न थाले
भेट यो हाम्रो क्षणिकै त हो
म को हुँ? तिमी कहाँबाट?
प्यासले आँखा देख्न छोडे
भएछु तिम्रै खेलको खेलौना
देख्छु चारैतिर तिम्रै तस्वीर

म अभागी त्यो रातमा
अविश्वासी त्यो रातमा
लाज पचाएँ त्यो रातमा
मन बुझाएँ त्यो रातमा
तिम्लाई पाएँ त्यो रातमा
गुमाएँ त्यो रातमा, त्यो रातमा

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von Albatross

Quiz
Wer besingt den „Summer of '69“?

Fans

»Sagar« gefällt bisher niemandem.